बिहार विधानसभा चुनाव : एनडीएलाई अग्रता

 कात्तिक २५, २०७७ मंगलबार १७:४४:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले अपराह्न सार्वजनिक गरेको विवरणमा भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) ले झिनो अग्रता लिएको छ ।

बिहारको कुल दुई सय ४३ सदस्यीय विधानसभामा एनडीएले १२८ स्थानमा अग्रता बनाइरहेको छ जसमा भारतीय जनता पार्टीले ७४, जनता दल युनाइटेडले ४७, विकासशील इन्सान पार्टीले ६ तथा हिन्दुस्तानी अवाम मोर्चाले एक स्थानमा अग्रता बनाएका छन् ।

पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका लालु छोरा तेजस्वी यादव अध्यक्ष रहेको राष्ट्रिय जनता दलको अग्रसरतामा गठन भएको महागठबन्धनले कुल १०४ स्थानमा अग्रता बनाइरहेको छ ।

महागठबन्धनमा रहेको राष्ट्रिय जनता दलले ६७, भारतीय राष्ट्रिय कांग्रेसले १९, वामपन्थी समूहले १९ स्थानमा अग्रता बनाएका छन् । बिहार निर्वाचन आयोगका प्रमुख एचआर श्रीनिवासले मङ्गलबार अबेर रातिसम्म मतगणना कार्य जारी रहने बताउनुभएको छ ।

बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो । कोरोना भाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यस पटक केही ढिलाइ भएको आयोगले जनाएको छ ।

कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने जनाउँदै यस पटक मतदान केन्द्रको सङ्ख्या ७२ हजार सात सय २३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाइ भएको समाचार छ । यस चुनावमा तीन हजार सात सय ५५ जना उम्मेदवार रहेका थिए ।

चुनाव आयोगले अहिले ५५ वटा मतगणना स्थलको व्यवस्था गरेको छ । बिहारमा गएकाे अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया