हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
रुपन्देही – एनसेल एजियाटा लिमिटेडले भैरहवामा सुविधा सम्पन्न एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।
भैरहवाको मिलन चोकमा रहेकाे कोइराला कम्प्लेक्समा रहेको यस एनसेल सेन्टरले ग्राहकलाई एकै ठाउँबाट सबै किसिमका सेवा प्रदान गर्दछ । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङकाे जानकारीलगायत विभिन्न कर्पोरेट सेवासमेत लिन सक्ने कम्पनीले जनाएकाे छ ।
यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरू र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुरु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्नेलगायतका अन्य सेवा प्राप्त गर्न सक्छन् ।
नयाँ सेन्टर सञ्चालनको अवसरमा विभिन्न सेवाको लागि सेन्टर आएका ग्राहकले कात्तिक ३० गतेसम्म विभिन्न भोलुमको डाटा प्याक उपहारस्वरुप प्राप्त गर्नेछन् । भैरहवा सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले एक जीबी डाटा भोलुम निःशुल्क पाउने छन् । त्याे डाटा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म सात दिनसम्म मान्य रहनेछ । साथै सेन्टरबाट २०० रुपैयाँको ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि सात दिनको समय सीमा रहेको एक जीबी डाटा निःशुल्क पाउने छन् ।
त्यसैगरी ५०० र १००० रुपैयाँको ब्यालेन्स रिचार्ज गर्नेे ग्राहकले ३० दिनका लागि मान्य हुने गरी क्रमशः एक जीबी र दुई जीबी डाटा पाउने छन् । सेन्टरबाट आफ्नो थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्ने ग्राहकले पनि सात दिनसम्म मान्य हुने एक जीबी डाटा पाउने छन् ।
यस सेन्टरले आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म यस सेन्टरले ग्राहकलाई सेवा प्रदान गर्नेछ ।
ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।