हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका छन् ।
चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि उनीहरुले सामूहिक राजीनामा दिएका बीबीसीले जनाएको छ । हिजो बेइजिङले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था पारित गरेको थियो । त्यसलगत्तै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका हुन् ।
चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ । हङकङ चीनकै भाग भए पनि त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ । हङकङको संसदमा ७० मध्ये १९ सिटमा प्रजातन्त्रवादी सांसद थिए । उनीहरुमध्ये चारजनालाई चीनको नयाँ नियमसँगै बर्खास्त गरिएको र बाँकीले सामूहिक राजीनामा दिएका खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।