एकैदिन ८८ खर्बको व्यापार गर्दै अलिबाबाले तोड्यो विश्व रेकर्ड,  हरेक सेकेन्डमा ५ लाख अर्डर !

 कात्तिक २७, २०७७ बिहीबार १२:९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनको इ कमर्स कम्पनी अलिबाबाले एकैदिन ७४ अर्ब डलर रुपैयाँको व्यापार गरेको छ ।

नोभेम्बर ११ अर्थात सिंगल 'डे' को अवसरमा अलिबाबाले ४ सय ९८ दशमलव २ बिलियन यूआन अर्थात् ७४ अर्ब डलरको व्यापार गरेको हो । यो रकम नेपालीमा रुपान्तरण गर्दा ८८ खर्ब रुपैयाँ हुन आउँछ । जुन नेपालको कुल गार्हस्थ उत्पादन जीडीपीको दुई गुणाभन्दा धेरै हो ।

अलिबाबाले एकैदिन गरेको ७४ अर्ब डलरको व्यापार अहिलेसम्म कुनै पनि कम्पनीले एकै गरेको व्यापारमध्ये सबैभन्दा धेरै रहेको निकेइ एसियाले जनाएको छ । नोभेम्बर ११ लाई अलिबाबाले सिङ्गल 'डे' को रुपमा व्यापार गर्दै आएको छ ।

अलिबाबाले गरेको यो व्यापार पश्चिमा देशमा हुँदै आएको ब्ल्याक फ्राइडे र साइबर मन्डे दुवै जोड्दा पनि धेरै हुन आउँछ । अलिबाबाले सिङ्गल 'डे' मा अमेरिकामा मात्रै ५ अर्ब डलरको व्यापार गरेको छ । अलिबाबाबाट सामान किन्नको लागि बुधबार बेलुका हरेक सेकेन्डमा ५ लाखभन्दा धेरै अर्डर प्राप्त भएका थिए ।

अलिबाबाले गएको वर्षको सिङ्गल 'डे' भन्दा यो वर्षको सिङ्गल 'डे' मा २६ प्रतिशत धेरैको व्यापार गरेको  जनाएको छ ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया