विश्वका पाँच ठूला विमान दुर्घटना जसमा कसैले ज्यान गुमाउनु परेन

 साउन २८, २०७५ सोमबार ९:३२:८ | एजेन्सी
unn.prixa.net

हवाइ यात्राका क्रममा इतिहासमा थुप्रै हृदयविदारक घटनाहरु भएका छन् । विमान दुर्घटना भएपछि मानवय क्षति हुने निश्चित जस्तै हुन्छ ।

तर संसारमा यस्ता केही विमान दुर्घटना भएका छन् जसमा भाग्यवश १ जनाको पनि ज्यान गएन ।

घटना १

मेक्सिकोको दुरंगो शहरमा केही दिन अघि एयरोमेक्सिकोको फ्लाइट नम्बर २४३१ दुर्घटना भयो । विमानमा चालक दलका ४ जना सदस्यसहित १०१ जना थिए । तर यो दुर्घटनामा सबै १०१ जना नै सकुशल रहे । कसैको ज्यान जान पाएन ।

 

घटना २

१५ जनवरी २००९ मा १४६ यात्रु र ५ चालकदलका सदस्य भएको यूएस एअरवेजको विमान न्यूयोर्कको लागार्डिया विमानस्थलबाट नर्थ क्यारोलाइनातिर जाँदै थियो ।

तर म्यानह्याटनको पश्चिमी क्षेत्रमा हड्सन नदीमाथि विमान दुर्घटना भयो । विमानको इन्जिनमा चरा ठोकिएकाले दुर्घटना भएको बताइएको छ । विमान चालक सुली सुलेनबर्गले म्यानह्याटन नजीकै हड्सन नदी किनारमा जसोतसो विमान अवतरण गराए । सबै सकुशल रहे । पछि यसैमा आधारित चलचित्र समेत बन्यो । 

घटना ३

अर्को घटनामा २९७ यात्रु र चालक दलका १२ सदस्य बोकेर उडिरहेको एअर फ्रान्सको विमान ए३४० क्यानडाको टोरन्टो विमानस्थलमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भयो ।

विमानको एउटा इन्जिन बिग्रिएपछि धावनमार्गमा विमानका पार्टपूर्जाहरु छरिए । तर विमानमा रहेका चालका दलका सदस्यले स्थितिलाई सुझबुझका साथ तुरुन्तै नियन्त्रणमा लिए ।

भारी वर्षा भइरहेको कारणले भएको दुर्घटनामा १२ जना गम्भीर घाइते भएका थिए। कर्मचारीहरुले यात्रुहरुलाई तुरुन्तै विमानबाट ओरालेका थिए ।

घटना ४

यस्तै अर्को घटना कन्टिनेन्टल बोइङ ७३७ अमेरिकाको डेनभर अन्तरराष्ट्रिय एअरपोर्टबाट २००८ को डिसेम्बर २० को बिहान उडान गर्दै थियो । त्यति नै बेला आएको हावहुण्डरीका कारण धावनमार्गमै दुर्घटना भयो । तर यात्रुहरु सबै सकुशल रहे । 

घटना ५

१६ अक्टोबर १९५६ मा अमेरिकाको होनोलुलु र सान फ्रान्सिस्कोको  बीचमा बोइङ ३७७ उडेको केहीबेरमै इन्जिन बिग्रियाे । चालकले पानीमा आकस्मिक अवतरण गराए । विमानमा रहेका २४ यात्रु र चालक दलका १२ सदस्य सबैको ज्यान बच्यो ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया