ट्रम्प, जो बाइडेन र कमला ह्यारिसले दिए दीपावलीकाे शुभकामना

 कात्तिक ३०, २०७७ आइतबार ७:३७:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाका विद्यमान राष्ट्रपति डोनाल्ड ट्रम्प, नवनिर्वाचित राष्ट्रपति जो बाइडेन उपराष्ट्रपति कमला ह्यारिसले दीपावलीको शुभकामना सन्देश व्यक्त गरेका छन् । 

डोनाल्ड ट्रम्पले आफ्नो सन्देशमा घर, कार्यालय, समुदाय र पूजा स्थलमा दियोको प्रकाश बढ्दै जाँदा त्यसले हामीलाई आशातर्फ डोर्याउने बताएका छन् । 

उनले भनेका छन्, ‘अमेरिकी दीपावली मनाउन जहाँ दियो जलाउँछन्, त्यस ठाउँमा यो देश धार्मिक स्वतन्त्रताको प्रतीकको रुपमा चिनिन्छ ।’

ट्रम्पका साथै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पनि दीपावलीको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘करौडौँ हिन्दू, जैन, शिख र बौद्ध उज्यालोको तिहार मनाइरहेका छन् । जिल बाइडेन र मेरो तर्फबाट दीपावलीको शुभकामना । तपाईँको नयाँ वर्ष आशा र खुसीले भरपूर होस् । शुभकामना ।’  

नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि ट्वीट गर्दै दीपावलीको शुभकामना दिएकी छिन् । 

‘दीपावली र यस वर्षको शुभकामना । विश्वभर रहनुभएका सबै जना एक सुरक्षित, स्वस्थ र खुसीका साथ नयाँ वर्षको उत्सव मनाउनुहोस् डगलस एम्पहफ र मेरो इच्छा छ’, ह्यारिसले ट्वीटमा भनेकी छिन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया