दीपावलीमा आतिसबाजीका कारण दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा

 कात्तिक ३०, २०७७ आइतबार १२:०:५६ | एजेन्सी
unn.prixa.net

भारतकाे नयाँ दिल्लीमा रहेकाे इण्डिया गेट

काठमाण्डौ – शनिबार राति दीपावलीको अवसरमा भारतको राजधानी नयाँ दिल्ली–एनसीआरमा मानिसहरूले प्रशासनकाे आग्रहलाई बेवास्ता गर्दै आतिसबाजी गरेका छन् । जसका कारण पहिलेदेखि नै खराब दिल्लीको वायु झन् खराब भएको छ । दिल्लीका विभिन्न ठाउँमा यसको प्रभाव देखिएको छ । 

दीपावलीको रात भएको आतिसबाजीका कारण दिल्लीको वायुको गुणस्तर मापक गम्भीर श्रेणीमा पुगेको छ । दिल्लीमा शनिबार रातभर पटाखा पड्काउने र आतिसबाजी गर्ने काम भइरह्यो । दिल्लीमा प्रदूषणका कारण भिजिबिलिटी पनि निकै खराब भएको छ । 

प्रदूषण नियन्त्रण समितिका अनुसार आनन्द बिहारमा ४८१ एक्युआई मापन गरिएको छ । यसैगरी आईजीआई एअरपोर्टमा ४४४, आईटीओमा ४५७ र लोधी रोडमा ४१४ एक्युआई मापन गरिएको छ । 
गोविन्दपुरी, कालकाजी, ग्रेटर कैलाशदेखि लिएर इण्डिया गेटसम्मका क्षेत्रमा हावाको गुणवत्ता खराब भएको छ । 

दिल्लीको नजिकैको क्षेत्रमा पराल जलाएपछि उत्पन्न भएको धुँवाको कारण दिल्लीमा वायु प्रदूषणको स्तर लगातार घटिरहेको छ । यस्तो अवस्थामा कोरोना महामारीलाई ध्यानमा राख्दै दीपावलीको एक दिनअघि प्रदेश सरकार र नेशनल ग्रीनले पटाखा बिक्री र जलाउन रोक लगाएको थियो । तर त्यहाँका नागरिकले त्यसलाई बेवास्ता गर्दै पटका पड्काउन नछोड्दा यस्तो अवस्था आएको हो ।   

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया