ट्रकले ठक्कर दिँदा दाङमा एक महिलाकाे ज्यान गयाे

 कात्तिक ३०, २०७७ आइतबार १८:२७:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका १ काे नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार ४० वर्षीया महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको पहिचान भने खुलेको छैन । ठक्कर दिए लगत्तै भागेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिनुभएको छ ।

विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी महिलालाई लमही अस्पताल पुर्‍याए लगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । 

अन्तिम अपडेट: चैत १, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया