कोरोना भाइरस : वुहानको रिपोर्टिङ गर्दा चिनियाँ पत्रकारलाई जेल सजाय

 मंसिर २, २०७७ मंगलबार १३:१२:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको प्रकोपलाई लिएर वुहान शहरको बारेमा रिपोर्टिङ गर्ने एक चिनियाँ पत्रकारले पाँच वर्षको जेल सजाय भोगिरहेको भर्खरै सार्वजनिक भएको दस्तावेजले जनाएको छ । काेराेना भाइरसकाे सङ्क्रमण पहिलाे पटक वुहानमा नै देखिएकाे थियाे ।

गएको मे महिनामा पक्राउ गरिएपछि ३७ वर्षीया झाङ्ग झान (पहिले वकालत गर्ने) लाई नजरबन्दमा राखिएको बीबीसीमा उल्लेख छ । 

उनीमाथि ‘विवाद उठाउने र भड्काउने’ आरोप लगाइएको छ, यो आरोप प्रायः चीनका अभियानकर्तामाथि लगाइँदै आइएको छ ।  

भाइरसलाई लिएर वुहानको रिर्पाेटिङ गर्दा समस्यमा परेकी झाङ्ग पहिलो नागरिक (पत्रकार) होइनन् ।

फेब्रुअरीमा कम्तीमा तीन जना हराएका छन् । तीमध्ये एक, ली जेहुआ, जसलाई अप्रिलमा क्वरेण्टीनमा रहेको भनिएको थियो । 

बेपत्ता हुनेमा दोस्रो व्यक्ति चेन क्विशी हुन्, जसलाई सरकारको निरीक्षणमा राखिएको बताइएको छ भने अर्का पत्रकार फाङ्ग बिन, जसको बारेमा अझै थाहा छैन ।

चिनियाँ अधिकारीहरु अभियानकर्मीहरुलाई दबाउन जान्नेका रुपमा चिनिन्छन् । 

भर्खरै सार्वजनिक भएको एक अभियोग पत्रका अनुसार झाङ्ग गएको फेब्रुअरीमा वुहानका लागि प्रस्थान गरिन्, जहाँ उनले धेरै विषयमा रिपोर्टिङ गरिन् । चिनियाँ मानव अधिकार रक्षकहरुको नेटवर्क (सीएचआरडी) का अनुसार रिपोर्टमा अन्य स्वतन्त्र पत्रकारहरु नजरबन्दमा परेको र पीडित परिवारहरुको उत्पीडन पनि समावेश छ । 

तर गएको १५ मा उनी वुहानबाट हराइरहेको सीएचआरडीले बताएको छ । 

उनलाई ६ सय किमि टाढा शङ्घाईमा प्रहरीले हिरासतमा लिएको थाहा भयो । 

गएको जुन १९ मा उनी शङ्घाईमा पक्राउ परिन् । त्यसको झण्डै तीन महिनापछि उनलाई सेप्टेम्बर ९ मा आफ्नो वकिलसँग भेट्न दिइयो ।  

आफूलाई पक्राउ गरिएको विरोधमा झाङ्गले भोक हड्ताल गरेको सीएचआरडीले जनाएको छ । १८ सेप्टेम्बरमा उनका वकिललाई एक फोन आएको थियो, जसमा झाङ्गलाई आरोप लगाइएको थियो । गएको शुक्रबार उनलाई औपचारिक रुपमा आरोप लगाइएको थियो ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया