तनहुँकाे दुलेगाैँडामा ग्लाेबल आईएमईकाे नयाँ शाखा सञ्चालनमा आयाे

 मंसिर ४, २०७७ बिहिबार २०:२५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ग्लोबल आईएमई बैंक लिमिटेडले बिहीबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका ४ को दुलेगौँडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको सङ्ख्या दुई सय ६३ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ग्लोबल आईएमई बैंकले विभिन्न ठाउँमा शाखा, एक्सटेन्शन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

७२ वटा जिल्लामा फैलिएको दुई सय ६३ शाखा सञ्जालसहित दुई सय ३८ एटीएम, ४५ एक्सटेन्शन काउण्टर तथा राजस्व सङ्कलन काउण्टर, दुई सय ३१ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया