नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।
बैंकले नेपाललाई त्याे रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न शुक्रबार स्वीकृति जनाएको मनिलामा रहेकाे बैंकको प्रधान कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ ।
भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।
यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको अहिलेकाे सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।