नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – मुक्तिनाथ विकास बैंक लक्जमबर्गमा आयोजित 'युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०' को विजेता बनेकाे छ ।
बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यहरूलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरूको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनाेट समितिले अध्ययन तथा अनुसन्धान गरी यस पुरस्कारबाट पुरस्कृत गरिएकाे हाे ।
'युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०' को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । यस प्रतियोगिताको लागि उत्कृष्ट तीनमा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र इथियाेपियाकाे एक/एक वटा लघुवित्त संस्थाहरू छनाेट भएका थिए । यो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको हाे । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरूलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्यहरू गरिनेछ ।
मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका एक सय ३८ वटा शाखामध्ये एक सय १८ शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङ अन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरूले प्रत्यक्ष सेवा लिइरहेका छन् भने यो क्षेत्रमा १७ अर्ब रूपैयाँभन्दा बढी लगानी रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।