व्यवसायीको चुनाव : ६३ पदका लागि १२५ जनाको उम्मेदवारी (सूचीसहित)

 मंसिर ६, २०७७ शनिबार ७:३७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरुले प्रचार अभियान तीव्र पारेका छन् ।

वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी सदस्यसम्मका उम्मेदवारहरूले भोट माग्न सामाजिक सञ्जालको उपयोग गरेका छन् । महासंघको आउँदो ११ गतेदेखि १३ गतेसम्म ५४ औं वार्षिक साधारणसभा र नयाँ कार्यसमिति चयनका लागि चुनाव हुँदैछ । महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेसँगै अध्यक्षबाहेकका पदमा चुनाव हुनेछ । 

वरिष्ठ उपाध्यक्षका चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी दिएका छन् ।  महासंघको ६३ पदका लागि १ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महासंघको विधानअनुसार निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष एकजना, जिल्ला-नगर उपाध्यक्ष एकजना, वस्तुगत  उपाध्यक्ष एकजना, एसोसिएट उपाध्यक्ष एकजना, जिल्ला-नगर सदस्य १८ जना, प्रदेश सदस्य ७ जना, वस्तुगत सदस्य १४ जना, एसोसिएट सदस्य १९ जना र द्विराष्ट्रिय सदस्य एकजना गरी ६३ जना निर्वाचित हुनेछन् ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया