कोरोना सङ्क्रमण बढ्दै गएपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु

 मंसिर ७, २०७७ आइतबार ८:४५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु लगाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि गए रातिदेखि कर्फ्यु लागू भएको बीबीसीले जनाएको छ । हिजोदेखि स्थानीय समयअनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यु जारी रहनेछ । यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा बढ्न पनि सक्ने खबरमा उल्लेख छ ।

गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै सङ्क्रमण देखिएको थियो । तर अहिले त्योभन्दा पनि धेरै सङ्क्रमण दैनिक रुपमा देखिन थालेको छ । अमेरिकाभरि हिजो कोरोनाका कारण गएको मेयता पहिलो पटक एकैदिन दुई हजारभन्दा धेरैको ज्यान गएका छ ।

विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल सङ्क्रमितको संख्या एक करोड २० लाखभन्दा धेरै पुगेको छ । अहिलेसम्म दुई लाख ५५ हजारभन्दा बढिको ज्यान गएको छ । धेरैजसो राज्यहरुमा सङ्क्रमण बढ्दो क्रममा छ । विभिन्न राज्यहरुले मास्क लगाउनु अनिवार्य गरेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया