इथियोपियामा विद्रोहीलाई आत्मसमर्पण गर्न तीन दिनको समयसीमा

 मंसिर ८, २०७७ सोमबार ९:३८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इथियोपिया सरकारले विद्रोही समूहलाई तीन दिनभित्र आत्मसमर्पण गर्न समयसीमा दिएको छ ।

इथियोपियाले उत्तरी तिग्रे क्षेत्रमा रहेका तिग्रे पीपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) का विद्रोहीहरुलाई तीन दिनभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री अबी अहमदले उत्तरी तिग्रेमा विद्रोहीको कब्जामा रहेका मेकेलेन सहरमा कारबाही गर्नुअघि नै आत्मसमर्पण गर्न अल्टिमेटम दिनुभएको हो ।

विद्रोहीले गैरकानुनी ढंगबाट त्यस क्षेत्रमा गतिविधि सञ्चालन गरेको भन्दै प्रधानमन्त्री अहमदले सेनाले कारबाही थाल्नुअघि नै आत्मसमर्पण गर्न चेतावनी दिनुभएको हो । प्रधानमन्त्रीको चेतावनीविरुद्ध टीपीएलएफले कुनै प्रतिक्रिया दिएको छैन । प्रधानमन्त्रीको घोषणालगत्तै सरकारी सेनाले विद्रोहीविरुद्धको कारबाहीका लागि तयार रहेको बताएको खबरमा उल्लेख छ ।

लामो समयदेखिको युद्धका कारण इथियोपियामा हजारौं नागरिकको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । युद्धकै कारण कयौँ सर्वसाधारणहरु विस्थापित भएर छिमेकी देशका सहरहरुमा शरणार्थी भएका छन् ।

अन्तिम अपडेट: मंसिर ९, २०७७

तपाईको प्रतिक्रिया