नेपाल–भारत सचिवस्तरीय संयुक्त बैठक आज : प्रसारणलाइनको मोडालि...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – गएको कात्तिक महिनामा २ हजार जना पर्यटक नेपाल आएका छन् ।
अध्यागमन विभागका अनुसार कात्तिक महिनामा २ हजार ९ जना पर्यटक नेपाल आएका हुन् । यसमध्ये १३ सय ७० जना पुरुष र ६ सय ३९ जना महिला पर्यटक रहेका छन् ।
सबैभन्दा धेरै अमेरिकाबाट ४ सय ५५ जना र बेलायतबाट ३ सय २६ जना पर्यटक नेपाल आएका छन् । यस्तै चीनबाट १ सय ६१ जना, भारतबाट १ सय २५ जना र रुसबाट ८१ जना पर्यटक नेपाल भित्रिएका छन् ।
सरकारले हवाइ यातायातको माध्यमबाट नेपाल भित्रने सबै विदेशीलाई पर्यटकको दर्जामा राख्दै आएको छ ।
कोरोना भाइरसको महामारीका कारण सरकारले गएको चैतदेखि साउन ६ गतेसम्म लगाएको लकडाउन र सीमा नाका बन्दका कारण नेपाल घुम्ने पर्यटक आउन पाएका थिएनन् । पछिल्लो समय सरकारले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै पदयात्रा र पर्वतारोहणको लागि पर्यटक आवागमन खुला गरेपछि घुम्नकै लागि आउने विदेशी बढेका विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।