रुकुमपूर्वमा भेडा गोठाला बथानसहित बेँसी झर्न थाले

 मंसिर ९, २०७७ मंगलबार ८:४३:१२ | रासस
unn.prixa.net

रुकुमपूर्व - रुकुमपूर्वमा भेडा गोठाला बथानसहित बेँसी झर्न थालेका छन् ।

पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका भेडा गोठाला भेडाको बथानसहित न्यानो ठाउँ खोज्दै बेँसीतिर झरेका हुन् । भेडाका बथानसहित उनीहरु रुकुमपश्चिम, सल्यान, रोल्पा, दाङ र सुर्खेतलगायतका ठाउँमा झरेका हुन् ।

चिसोका कारण भेडा बाँच्न नसक्ने भएपछि यो बेला न्यानो ठाउँ खोज्दै बेँसीतिर झर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं १० का विकास बुढामगरले बताउनुभयो । दुई जनाले ५ सयभन्दा बढी भेडाको बथान हेर्ने गरेको पनि उहाँले बताउनुभयो । आउँदो फागुनको अन्तिमसम्ममा जता चरण क्षेत्र छ, त्यतै भेडा डुलाउने र चैत्रको महिना मात्र पुन गाउँ फर्कने उहाँले बताउनुभयो ।

चार महिनालाई पुग्ने रासन भेडालाई बोकाएर बेँसी झारेको अर्का ठाकम घर्तिमगरले बताउनुभयो ।  एकै ठाउँमा बसेर भेडा पाल्न सक्ने अवस्था नभएपछि घुमन्ते बनेर भेडापालन व्यवसाय गर्नुपर्ने बाध्यता रहेको पुथाउत्तररगङ्गा गाउँपालिकाका अर्का उमेश बुढाले बताउनुभयो ।

रुकुमपूर्व लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो । लुम्बिनी प्रदेश सरकारले पुथाउत्तरगङ्गा गाउँपालिकामा भेडा स्रोतकेन्द्र स्थापना गर्ने योजना बनाएको छ । स्रोतकेन्द्र स्थापना गर्ने ठाउँ छनोटका लागि अनुगमन गरेको र अहिले अस्तव्यस्त तरिकाले भइरहेको भेडापालन व्यवसायलाई व्यवस्थित गरिने कृषिमन्त्री आरती पौडेलले बताउनुभएको 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया