सुनको भाउ ताेलामा एक हजार ८०० रुपैयाँले घट्याे

 मंसिर ९, २०७७ मंगलबार १२:३९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला एक हजार ८०० रुपैयाँले घटेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनकाे मूल्य आज प्रतिताेला एक हजार ८०० रुपैयाँले घटेकाे हाे । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएकाे महासङ्घले जनाएकाे छ  ।

सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यसमेत घटेकाे छ । सोमबार चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला ३० रुपैयाँले घटेर एक हजार १८० रुपैयाँमा कारोबार भएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया