नेपाल–भारत सचिवस्तरीय संयुक्त बैठक आज : प्रसारणलाइनको मोडालि...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - भारत सरकारले थप ४३ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्ध लगाइएका एप चिनियाँ कम्पनीका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयका अनुसार ती एपहरू ’भारतको सम्प्रभुत्ता र सुरक्षाको लागि खतरा’ भएकाले प्रतिबन्धित गरिएको हो । अलिबाबा ग्रुपका अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स र अलिबाबा वर्क बेँच जस्ता एप्सको प्रतिबन्ध लगाइएको जनाइएको छ ।
मन्त्रालयले इन्डियन साइबर क्राइम कोर्डिनेशनको रिपोर्टलाई आधार मानेर यी एप्सहरुमा प्रतिबन्ध लगाएको हो । यो भन्दा पहिला पनि भारतले गएको जुन महिनामा ५९ चिनियाँ एप्सको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि सेप्टेम्बर महिनामा फेरि पब्जीसहित १ सय १८ चिनियाँ एप्सको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।
लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चिनियाँ सामान, सफ्टवेयर र एप बहिष्कार गर्नुपर्ने आवाज भारतमा उठेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।