सुन तोलामा एक हजार सस्तियो

 मंसिर १०, २०७७ बुधबार ११:३०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको छ ।

तोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य तोलाको ९१ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर ११ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँ घटेको थियो । कोरोना भाइरस विरुद्धको खोप सफल हुन लागेका खबर तथा अमेरिका नयाँ राष्ट्रपतिले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक प्रभाव पार्ने यसअघिका विभिन्न निर्णयहरु उल्टाउने संकेत देखिएपछि सुनको भाउ घट्न थालेको सुन व्यवसायीहरु बताउँछन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया