५ र १० रुपैयाँका नयाँ नोट बजारमा

 मंसिर १०, २०७७ बुधबार १२:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ र दश रुपैयाँका नयाँ नोट बजारमा पठाएको छ ।

राष्ट्र बैंकले पहिलेकै आकार र रंगमा पाँच रुपैयाँको नोटमा संकेत नम्बर थ/३४ ०००००१ देखि न‌/५४९९९९९९ सम्म राखेर बजारमा पठाएको जनाएको छ ।

पाँच रुपैयाँको नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र बोर्डर लाइनमा वि.सं २०७६ लेखिएको छ । यस्तै पछाडिको भागको बोर्डर लाइनमा पनि 2020 AD लेखिएको छ । 

यस्तै १० रुपैयाँको नोट पनि पहिलेकै रंग र आकारमा संकेत नम्बर ढ/८२ ०००००१ देखि  द/४५ ९९९९९९ सम्म राखेर बजार पठाइएको राष्ट्र बैंकले जनाएको छ । नोटमा पहिले जस्तै अग्रभागको दायाँतर्फ लालीगुराँसको पानी छाप बायाँतर्फ सगरमाथा, गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र बोर्डर लाइनमा वि.सं २०७६ लेखिएको छ । यस्तै पछाडिको भागको बोर्डर लाइनमा पनि 2020 AD लेखिएको छ । 


 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया