यो ओबामाको तेस्रो कार्यकाल होइन : जो बाइडेन

 मंसिर १०, २०७७ बुधबार १५:०:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपतीय चुनाव जितेपछि जो बाइडेनले आफ्नो पहिलो अन्तर्वार्ता एनबीसीलाई दिएका छन् । त्यस अन्तर्वार्तामा बाइडेनले आफू राष्ट्रपति बन्नु ओबामाको तेस्रो कार्यकाल नहुने बताएका छन् । 

महत्त्वपूर्ण कुरा त के छ भने ओबामाको सरकारमा जो बाइडेन उपराष्ट्रपति थिए । बाइडेनले आफ्नो मन्त्रिमण्डलमा जसलाई राख्ने घोषणा गरेका छन्, त्यसमा ओबामा सरकारका कैयौँ अनुहार पनि छन् । 

यस्तो अवस्थामा बाइडेन के ओबामाको तेस्रो कार्यकाल लिएर आइरहेका छन् भनिएको थियो । ओबामा आठ वर्ष अमेरिकाको राष्ट्रपति रहिसकेका छन् । 

अमेरिकामा दुई कार्यकालसम्म कुनै एक व्यक्ति राष्ट्रपति बन्न सक्छ । जो बाइडेनलाई एनबीसीका पत्रकार लेस्टर होल्टले ‘के तपाईँको सरकार ओबामाको तेस्रो कार्यकाल हो भनेर सोधेका थिए ?’

यस प्रश्नको उत्तरमा बाइडेनले भने, ‘यो ओबामाको तेस्रो कार्यकाल होइन । हामी ओबामा–बाइडेन प्रशासनभन्दा छुट्टै दुनियाँको सामना गरिरहेका छौँ । राष्ट्रपति ट्रम्पले पूरै परिदृश्य परिवर्तन गरिदिएका छन् ।

हामी अमेरिकालाई एकताको सूत्रमा बाँध्न चाहन्छौँ । हाम्रो सरकारमा प्रतिनिधित्वलाई लिएर विविधता हुनेछ । यहाँ हर वर्गको प्रतिनिधित्व हुनेछ । हामी रिपब्लिकनको नियुक्तिबारे पनि विचार गर्न सक्छौँ ।’

बाइडेनले ओबामाको छायाबाट बाहिर निस्किएर आउँदो चार वर्ष ओमाबाको तेस्रो कार्यकालको महसुस हुन नदिने दाबी गरेका छन् । बाइडेनले आफ्नो सामु पहिलेदेखि नै धेरै चुनौती रहेको बताए ।

बाइडेनको टिममा अझै धेरै अनुहार सहभागी हुँदैछन् । बाइडेनले एनबीसी न्युजसँग अहिले टिमको पूरै ध्यान सत्ता हस्तान्तरणमा रहेको बताए । उनले भने, ‘ट्रम्प प्रशासन राष्ट्रिपतिको नियमित ब्रिफिङलाई लिएर पहिलेदेखि नै मदत गरिरहेको छ । हामी ह्वाइट हाउसको कोभिड टिमसँग भेटेर आवश्यक कुराकानी गरिरहेका छौँ ।’

आफूले विश्वका २० नेताहरुसँग कुराकानी गरेको र उनीहरु सबै उत्साहित रहेको एनबीसी न्युजसँगको कुराकानीमा भने ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया