७ सय ४८ पालिकामा पुगे वाणिज्य बैंक,  यी हुन् शाखा नपुगेका ५ पालिका

 मंसिर १०, २०७७ बुधबार १८:५३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका सात सय ५३ वटा पालिकामध्ये सात सय ४८ पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म पाँच वटा पालिकाबाहेक सबै पालिकामा 'क' वर्गका बैंक अर्थात् वाणिज्य बैंकका शाखा पुगेका छन् ।

राष्ट्र बैंकका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । प्रदेश १ का एक सय ३७ पालिकामध्ये ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा शाखा पुगेको छैन ।

वाग्मती प्रदेशको धादिङको रुवी भ्याली र नेत्रावती गाउँपालिकामा शाखा पुगेको छैन । कर्णालीमा जाजरकोटको जुनीचाँदै गाउँपालिका र सुदूरपश्चिममा बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जनाएको छ ।

२०७६ सालको असोजसम्म सात सय ४१ पालिकामा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए । एक वर्षको अवधिमा सात वटा पालिकामा बैंकका शाखा विस्तार भएका हुन् ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया