सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भ्रमण आयमा साढे ९१ प्रतिशतले कमी आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यो आर्थिक वर्षकाे साउन, भदौ र असोजमा भ्रमण आय अर्थात विदेशीले नेपालमा गर्ने खर्च १ अर्ब ४७ करोड रुपैयाँ मात्रै रहेको छ । जबकी गएको आर्थिक वर्षको पहिलो तीन महिनामा भ्रमण आय १७ अर्ब ३३ करोड रुपैयाँ थियो ।
यस्तै चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालले विदेशमा खर्च गर्ने रकम पनि ७४ दशमलव ८ प्रतिशतले घटेर ५ अर्ब २९ करोड रुपैयाँमा सिमित भएको छ । यसमध्ये शिक्षातर्फ नेपालीले विदेशमा ४ अर्ब ४० करोड रुपैयाँ खर्च गरेका छन् ।
गएको आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालीले विदेशमा २१ अर्ब रुपैयाँ खर्च गरेका थिए । जसमा शिक्षा तर्फको खर्च १० अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।