भारतमा 'निवार' नामक तुफानका कारण पाँच जनाको ज्यान गयो : तामिलनाडुमा ठूलो पानी पर्ने सम्भावना

 मंसिर १२, २०७७ शुक्रबार ६:४७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा निवार नामक तुफानका कारण पाँच जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

अहिले तुफान कमजोर भएको तर तुफानको प्रभाव कायमै रहेकाे त्यहाँको गृहमन्त्रालयलाई उदृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले तुफानबाट बढी प्रभावित तामिलनाडु र पुड्चेरीका मुख्यमन्त्रीसँग टेलिफोन कुराकानी गर्दै प्रभावित नागरिकलाई सकेसम्म सहयोग गर्ने बताउनुभएको छ ।

तुफान कमजोर भएसँगै रोकिएका बस सेवा फेरि सञ्चालनमा आएका छन् । भारतकोे मौसम विज्ञान विभागले अबको दुई/तीन दिनमा तामिलनाडुमा फेरि ठूलो वर्षाको सम्भावना भएको जनाएको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण तामिलनाडुमा फेरि ठूलो पानी पर्ने सम्भावना रहेको हो ।

हिजो दक्षिण भारतमा आएको निवार नामक तुफानका कारण तीव्र गतिमा हावा चल्नुका साथै ठूलो पानी परेको थियो । त्यसपछि जनजीवन प्रभावित भएको छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया