बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर फेरि निर्वाचित

 मंसिर १२, २०७७ शुक्रबार ७:१५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर फेरि निर्वाचित हुनुभएको छ ।

पर्याप्त बहुमतका साथ उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको निर्वाचन आयोगले घोषणा गरेको छ । काबोरले मतदानको पहिलो चरणमै ५७ दशमलव ८७ प्रतिशत मत ल्याएर पुनःराष्ट्रपतिमा निर्वाचित हुनुभएको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले जानकारी दिनुभयो ।

राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गर्नुभएको पनि निर्वाचन आयोगले जनाएको छ । उहाँसँगै प्रतिस्पर्धामा रहनुभएका इडी कोम्बोइगोले जम्मा १५ दशमलव ४८ प्रतिशत मत ल्याएर दोस्रो हुनुभएको छ भने अर्का उम्मेदवार जेफिरिन डिएब्रेले १२ दशमलव ४६ प्रतिशत मत मात्रै पाउनुभएको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया