सुनचाँदीको भाउ घट्यो

 मंसिर १२, २०७७ शुक्रबार १२:११:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया