उद्योग वाणिज्य महासंघको साधारण सभा : मतदान सम्पन्न, मतगणनाको तयारी

 मंसिर १३, २०७७ शनिबार १७:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा अन्तर्गत मतदान सम्पन्न भएको छ ।

जिल्ला, वस्तुगत र एशोसिएट तीनवटै क्षेत्रको मतदान सम्पन्न भएको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले जानकारी दिनुभयो । उहाँले शतप्रतिशत नै मतदान भएको र केहिबेरमा मतगणना सुरु हुने पनि उहाँले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पद सहित ६३ पदका लागि एक सय २७ जना उम्मेदवार चुनावी मैदानमा छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै हुनुहुन्छ । गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल सहित प्रतिस्पर्धामा हुनुहुन्छ ।

एसोसिएट तर्फ ९ सय ३ जना, द्विराष्ट्रिय तर्फ ६ जना, जिल्ला नगर तर्फ एक सय ५ जना र वस्तुगत तर्फ एक सय एक जना मतदाताले मतदान गरेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया