सुनको भाउ तोलामा ६ सय रुपैयाँ घट्यो

 मंसिर १४, २०७७ आइतबार ११:४०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कारोबार हुने हप्ताको पहिलो दिन आज सुन तोलामा ६ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अस्ति शुक्रबार सुन तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनयता सुनको भाउ लगातार जस्तै घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०७७

तपाईको प्रतिक्रिया