अन्तर्राष्ट्रिय महिला च्याम्पिनशिपको लागि श्याम र भगवती सहायक प्र...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - यमनी सरकार पक्षधर सैनिक र हुथी विद्रोहीबीच झडप हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ ।
अभियान प्रान्तमा सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई स्वतन्त्र बनाउने माग गर्दै आएको ‘साउदर्न ट्रान्जिसनल काउन्सिल’ (एसटीसी) समूहबीच भएको झडपमा आठ विद्रोही सैन्य लडाकु र पाँच सरकारी सैनिकको ज्यान गएको सेनाले पुष्टि गरेको छ ।
एसटीसीले संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारसँग सहकार्य गरे पनि दक्षिण यमनको स्वतन्त्रताको माग राख्दै आएको छ । यमनमा हुथी समूहलाई अन्य समूहले साझा दुस्मनका रूपमा हेर्दै आएका छन् । एसटीसी र सरकारबीच लामो प्रयासपछि सत्ता गठबन्धनका लागि भएको सम्झौताबाट एसटीसी फिर्ता भएको थियो ।
यमनमा हुथी विद्रोही र अन्य विद्रोहीविरुद्धको लडाइँमा साउदी अरबको सैन्य सहयोगमा संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त सरकारको नेतृत्वमा शान्ति स्थापनाको प्रयास गरिए पनि त्यसो हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।