शेयरबजारमा रेकर्ड नै रेकर्ड, ९ अर्ब २२ करोड रुपैयाँको कारोबार

 मंसिर १४, २०७७ आइतबार १५:४८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  शेयरबजार परिसूचक नेप्से आइतबार  ७५ अंक भन्दा धेरैले बढेको छ ।

नेप्से ७५ दशमलव शून्य २ अंकले बढेर १९ सय ६८ दशमलव २७ अंकमा पुगेको छ । यो नेपालको शेयरबजार इतिहासकै सबैभन्दा उच्च अंक हो । बैंकिङ समूहको शेयरमा उच्च बृद्धि भएको छ । पटक पटकको सर्किङ ब्रेकपछि पुन : कारोबार भएको बैंकिङ समूहको शेयर १ सय १२ अंकले बढेर १५ सय ४९ अंक भन्दा माथि पुगेको छ ।

आइतबार विकास बैंक समूहको शेयर १ सय ७३ अंकले, जीवन बीमाको २ सय ४५ अंकले, माइक्रोफाइनान्सको २७, जलविद्युतको २६ र फाइनान्स समूहको शेयर १२ अंकले बढेको छ । कारोबार रकम पनि ९ अर्ब रुपैयाँ नाघेको छ । आइतबार ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरका २ करोड ५९ लाख ४५ हजार कित्ता शेयर किनबेच भएका छन् ।

यो शेयरबजारमा अहिलेसम्मकै धेरै कारोबार रकम हो । यसअघि मंसिर ११ गते ७ अर्ब ६१ करोड रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो । आइतबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आइतबार २१ वटा बैंकको शेयर ९ अंक भन्दा धेरैले बढेको छ । समग्र बजारमा रेकर्ड नै रेकर्ड बनेपनि विशाल बजार कम्पनीका शेयर धनीले भने १० प्रतिशत गुमाएका छन् ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया