सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डाै - उत्तर पूर्वी नाइजेरियामा भएको एक हमलामा कम्तीमा ४३ जना मजदुरको ज्यान गएको छ । मेड्गुरी नजिक धान खेतमा काम गरिरहेका मजदुरको विभत्स हत्या गरिएको बीबीसीको खबरमा उल्लेख छ ।
यो क्षेत्रमा बोको हराम र इस्लामिक स्टेटसम्बन्धी विद्रोही समूह सक्रिय छन् । यो हत्यालाई गएको केही महिनापछिको सबैभन्दा विभत्स हमला मानिएको छ । अहिलेसम्म हमलाको कसैले पनि जिम्मेवारी लिएको छैन । राष्ट्रपति मोहम्मद बुखारीले यस घटनालाई जति निन्दा गरे पनि कम हुने भन्दै निन्दा गर्नुभएको छ ।
ज्यान गुमाएका मजदुर नाइजेरियाको उत्तरपश्चिम राज्य सोकोतोबाट एक हजार किलोमिटर टाढा उत्तरपूर्वी क्षेत्र बोर्ने राज्यमा रोजगारीका लागि आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।