सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डाै - सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महांसघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस आज १७ सय ७२ डलर छ । सुनको भाउ अझै घटेर १७ सय ५० डलरमा झर्न सक्ने अनुमान गरिएको शाक्यले बताउनुभयो ।
विश्वमा कोरोना विरुद्धको खोप बन्ने सम्भावना बढेपछि सुनको भाउ घट्न थालेको हो । विवाहको लगन सुरु भएसँगै सुनको भाउ घट्न थालेकाले कारोबार पनि बढेको छ । कोरोना महामारीसँगै भाउ बढ्दा सुनको कारोबार झण्डै शून्यमा झरेको थियो । तर अहिले कारोबार बढेर दैनिक माग १५ देखि २० किलो पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
तर अहिलेको माग पोहोर मंसिरको भन्दा कम हो । पोहोर यही बेला दैनिक कारोबार ३० देखि ३५ किलोको हाराहारीमा भएको थियो । यसैबीच, चाँदीको भाउ पनि आज तोलामा ३० रुपैयाँले घटेर ११ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।