नेप्से २ हजार विन्दुमा, ७ अर्ब ४० करोड रुपैयाँ बराबरका १ करोड ८५ लाखभन्दा धेरै कित्ता शेयर किनबेच

 मंसिर १६, २०७७ मंगलबार १७:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से मङ्गलबार २ हजार विन्दुमा पुगेको छ । नेप्से परिसूचक ३ दशमलव ३५ अङ्कले बढेर २ हजार विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । 

मङ्गलबार जलविद्युत्, उत्पादन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा समूहको उपसूचक बढेको छ । बैंक, व्यापार, होटल, विकास बैंक, फाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक भने घटेका छ ।

मङ्गलबार दिनभर एक सय ९७ कम्पनीको कारोबार भएकोमा सात अर्ब ४० करोड रुपैयाँ बराबरका एक करोड ८५ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । 

मङ्गलबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ६८ करोड ७९ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । यो कम्पनीका शेयर लगानीकर्ताले मङ्गलबार सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् । 

यस्तै रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र साञ्जेन जलविद्युत् लिमिटेडका शेयर लगानीकर्ताले पनि नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

मङ्गलबार ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका शेयर लगानीकर्ताले भने सबैभन्दा धेरै ७ दशमल ७३ प्रतिशतले गुमाएका छन् ।  

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया