“एटेन्ड” प्रवेश गर्यो राइड सेयरको बजारमा, ट्याक्सीदेखि हेलिकप्टरसम्मको सुविधा

 मंसिर १७, २०७७ बुधबार ६:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राइड सेयर बजारमा ‘एटेन्ड’ एपले आफ्नो सेवाको सुरु गरेको छ । अहिले बजारमा उपलब्ध अरु राइड सेयर एपभन्दा धेरै नै उत्साह जनक र आकर्षक सुविधाका साथ आएको यस एपले आफ्नो निजी गाडी नभएका समस्त यात्रुहरुको समस्याको हल गर्ने विश्वास लिइएको छ ।                                                            

देशभर जुनसुकै ठाउँमा  जान पनि आफ्नो प्रयोजनमा आउन सक्ने भएकाले यस राइड सेयर एप चाँडै नै यात्रु माझ लोकप्रिय हुने कम्पनीको भनाइ छ । एप सार्वजनिक गर्दै एटेन्ड प्रालिका निर्देशक भिमकान्त भण्डारीले भन्नुभयो, ‘यो अहिले नेपालमा चलिरहेको सामान्य राइड सेयरभन्दा भिन्न रहेको छ । मोडल त हाम्रो पनि राइड सेयर नै हो तर हाम्रो सेवा र सुविधा अरूभन्दा भिन्न छ ।'

कम्पनीले प्याकेज सुविधाको अवधारणालाई समेत अघि सारेको छ । जसमा अग्रिम बुकिङ सेवाका साथै चालकसहित वा चालकबिनाको गाडी लिन र इन्धनसहित वा आफैंले इन्धन हाल्न पाउने विकल्प समेत राखेको छ । साथै दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै र अहिलेचलिरहेको बीमासम्बन्धी विषय सम्बोधन गर्न कम्पनीसँग आबद्ध सम्पूर्ण गाडी तथा मोटरसाइकलमा यात्रारत चालक र यात्रुको तेश्रो पक्षीय बीमा गरिदिने समेत कम्पनीले जनाएको छ।

'हामीले मोटरसाइकल, एम्बुलेन्स, शववहान, ट्याक्सी, कार, जिप, मालबाहक ट्रकदेखि हेलिकप्टरसम्मको सेवा दिन्छौं, साथै यसमा हेल्थ सर्भिस अन्तर्गत घरमै औषधि पुर्याउने, डाक्टर नर्स पठाउने र विभिन्न ल्याबसम्बन्धी सम्पूर्ण कार्यका लागि ल्याब टेक्निसियन घरमै पठाउने काम पनि गर्नेछौँ ।’

त्यस्तै सेवाको उपयोग गरेपछि यात्रुलाई पैसा तिर्न सजिलो होस् भन्ने उद्देश्यले कम्पनीले नगदबाहेक जुनसुकै बैंकको एटीमबाट पनि पैसा तिर्न मिल्ने प्रणाली विकास गरेको छ । एम्बुलेन्स र शववहानबाट कुनै कमिसन नलिने कम्पनीले जनाएको छ । 

यसमा रहेको इमर्जेन्सी बटन दबाएमा नम्बर सेट गरिएको आफन्तको मोबाइलमा म्यासेज र प्रहरीलाई समेत फोन जाने प्रणालीको सुविधा रहेको छ । सुरुवाती अवस्थामा रहेता पनि  अहिले कम्पनीमा करिब ५ सय गाडी आबद्ध भइसकेका छन् भने ट्याक्सी र मोटरसाइकललाई क्रमशः आबद्ध गराउँदै कम्पनीको योजना रहेको छ । साथै बाहिर गएर खोजी खोजी बुक गर्नुभन्दा आफ्नै मोबाइल एपबाट एक क्लिकको भरमा बुक गर्न मिल्ने यस एप आर्थिक दृष्टिकोणले समेत लाभदायी रहेको कम्पनीले दावी गरेको छ ।

यो एप एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले आईओएसमा गएर सजिलै आफ्नो मोबाइलमा इन्स्टल गर्न सक्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया