सुनको भाउ फेरि बढ्यो

 मंसिर १७, २०७७ बुधबार ११:३१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज फेरि बढेको छ ।

आज तोलामा फेरि पाँच सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार विश्व बजारमा अस्थिरताका कारण भाउ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० डलर पुगेको छ । सुनको भाउ हिजो पनि पाँच सय रुपैयाँले बढेको थियो  ।

यस्तै, आज चाँदीको भाउ पनि ३० रुपैयाँले बढेर तोलाको ११ सय ८५ रुपैयाँ पुगेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया