सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधबार झण्डै ७१ अङ्कले बढेको छ । व्यापारबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से ७० दशमलव ६२ अङ्कले बढेर २ हजार ७१ दशमलव शून्य २ विन्दुमा पुगेको छ ।
बुधबार जीवन बीमा समूहको शेयर ६ सय ८, निर्जीवन बीमाको २ सय ४४ अङ्कले, माइक्रोफाइनान्सको २ सय ३२ अङ्कले, अन्यको १ सय ४० र जलविद्युत् समूहको शेयर ८८ अङ्कले बढेको छ ।
बुधबार दुई सय एक कम्पनीका एक करोड ५५ लाख ६४ हजार कित्ता शेयर सात अर्ब ४६ करोड ३४ लाख रुपैयाँमा किनबेच भएका छन् । साञ्जेन जलविद्युत्, जनउत्थान लघुवित्त, एनएमबी माइक्रोफाइनान्स लगायत नाै वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् भने युनिलिभर नेपालका लगानीकर्ताले भने पाँच प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।