सुनको भाउ आज एकैदिन १६ सय रुपैयाँले बढ्यो

 मंसिर १८, २०७७ बिहिबार ११:२२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज एकैदिन १६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ ।

गएको सोमबार भाउ घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुन आज २५ डलरले महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस १८ सय ३६ डल र पुगेको छ ।

डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले नेपाली बजारमा सुनको भाउ बढेको शाक्यले बताउनुभयो । यस्तै आज चाँदी  पनि भाउ बढेर १२ सय ५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलामा ११ सय ८५ रुपैयाँ थियो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया