कोरोना प्रभावित ऋणीको धितो लिलामी नहुने

कोरोनाको महामारी रहेसम्म व्यवसायीको लागि लचिलो बन्ने गभर्नरको भनाइ

 मंसिर १८, २०७७ बिहिबार १९:५३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना प्रभावित ऋणीको धितो लिलामी नहुने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै ६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभएका कोरोना प्रभावित ऋणीको धितो लिलाम नहुने व्यवस्था जनाएको छ ।

यसलाई नीतिगत व्यवस्थाकै रुपमा परिभाषित गरेर बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइने राष्ट्र बैंकले जनाएको छ । बैंकले धितो लिलामी गर्न लागेको गुनासो गर्दै केही व्यवसायीहरुले राष्ट्र बैंकको सहयोग मागेका थिए ।

समीक्षा कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको महामारी रहेसम्म व्यवसायीको लागि लचिलो बन्ने बताउनुभयो । ब्याजदरलाई नियन्त्रण गरिने, सहुलियत ब्याजदर लागू गरिने, पुनर्कर्जालाई प्रभावकारी बनाउने लगायतका आश्वासन पनि उहाँले दिनुभएको छ ।   

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया