आईएमई लाइफको च्याटबोट सुरु

 मंसिर २३, २०७७ मंगलबार १६:८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक I.M.E. LIFE 360-Your Virtual Assistant नामको च्याटबोट प्रयोगमा ल्याएको छ । कम्पनीले आफ्ना बीमित, अभिकर्ता र सरोकालवाला व्यक्ति तथा संघ संस्थालाई सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह गर्न च्याटबाेटलाई प्रयाेगमा ल्याएको हो । 

यो सेवा कम्पनीको वेब साइटमा उपलब्ध रहेको छ । यसबाट बीमित र अभिकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने कम्पनीले जनाएको छ । साथै बीमासँग चासो राख्ने बीमाको बारेमा बुझ्न चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति  संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन् । 

च्याटबोट सेवामार्फत् बीमितले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धी जानकारी  लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोबाइल नं. परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिने छ । यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिसन, बैंक खाता, प्यान नं., मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रियासम्मको जानकारी यसै च्याटबोटमार्फत्त तत्कालै प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

यो सेवा सञ्चालनमा आएसँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति, संस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, अफिस वा जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत् राखेर तत्कालै समाधान पाउन सक्नेछन्।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया