नेपाल र चीनले जसरी सहकार्य गरे भाइरसलाई हराउन सकिन्छ : चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता

 मंसिर २४, २०७७ बुधबार १९:३३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले नेपाल र चीनले जसरी अरु देशले पनि सहकार्य गरे कोरोना भाइरस (कोभिड–१९) लाई हराउन सक्ने बताएका छन् ।

मङ्गलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ सार्वजनिक गरेको भोलिपल्ट विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजानले यस्तो बताएका हुन् । 

‘कोभिड–१९ अझै पनि विश्वमा कहरको रुपमा छ, नेपाल–चीनको जस्तो सहकार्य गर्ने हो भने हामी भाइरसलाई पराजित गर्न सक्छौँ ।’

पत्रकारले ‘सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्नुको महत्त्व के हो भनेर सोधेको प्रश्नमा प्रवक्ताले भने, ‘कोरोना महामारीका बीच यो शुभ समाचारले संसारका लागि आशा ल्याएको छ । सगरमाथाको नयाँ उचाइ चीन–नेपाल सम्बन्धमा कोशेढुङ्गा साबित भएको छ । यसले चीन–नेपालको नयाँ उचाइलाई पनि दर्शाउँछ ।’

उनले सगरमाथाको नयाँ उचाइ सबै वाधाविरुद्ध गएको एक वर्षमा दुवै पक्षका टिमको सहयोग र कडा मेहनतको परिणाम भएको बताए । उनले भनेका छन्, ‘म उनीहरुलाई धन्यवाद दिन चाहन्छु । चिनियाँ पक्ष हिमालको पारिस्थितिक र पर्यावरणको संरक्षण र वैज्ञानिक अनुसन्धानमा नेपाललाई सहयोग गर्न तयार छ ।’

मङ्गलबार सार्वजनिक भएको तथ्याङ्क अनुसार सगरमाथाको नयाँ उचाइ ८८४८ दशमलव ८६ मिटर छ ।  

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया