अफगानी सेनाको कारबाहीमा आठजना तालिबानी लडाकु मारिए

 मंसिर २६, २०७७ शुक्रबार १३:१३:९ | रासस
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगानी सेनाले गरेको हवाई कारबाहीमा परि यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् ।

ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । यस प्रान्तको साराइयाब क्षेत्रमा तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरु मारिएका बताइएको छ ।

त्यस क्षेत्रका केही समययतादेखि उनीहरुले आतंककारी क्रियाकलाप गरेका थिए । पछिल्लो समयमा अफगानिस्तानको सरकार र तालिबानीबीच कतारमा वार्ता सुरु भएको भनिएको भए पनि हिंसा भने रोकिएको छैन ।

तालिबानीहरुले वार्ताका क्रममा युद्धविराम गरेको भने पनि उनीहरुले हिंसात्मक आक्रमण गर्न भने रोकेका छैनन् ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया