जर्मनीमा पर्सिदेखि लकडाउन : क्रिसमसको ट्रि बेच्ने पसल भने खुल्ने

 मंसिर २९, २०७७ सोमबार ६:१६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जर्मनीमा पर्सिदेखि लकडाउन गरिने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएकाले क्रिसमसको समयमा जर्मनीमा लकडाउन हुन लागेको हो । पर्सि बुधबारदेखि अत्यावश्यकबाहेकका पसल तथा स्कुल कलेज बन्द हुने भएका छन् ।  लकडाउन जनवरी १० सम्म लागू हुने बीबीसीको खबरमा उल्लेख छ ।

त्यहाँका १६ राज्यमा सम्बन्धित निकायसँगको छलफलपछि चान्सलर एञ्जेला मर्केलले लकडाउनको घोषणा गर्नुभएको हो । लकडाउनको समयमा अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन् । क्रिसमसको ट्रि बेच्ने पसल पनि खुला रहने खबरमा उल्लेख छ ।

जर्मनीमा अहिलेसम्म १३ लाख ३८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भैसकेको छ । त्यहाँ २२ हजार ४ सय सङ्क्रमितको ज्यान गएको छ भने सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ९ सय निको भएको वल्ड्रोमिटरकाे तथ्याङ्क छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया