कोशी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना, हिमाली भे...
माघ २८, २०८१ सोमबार
काठमाण्डौ – ग्लोबल आइएमई बैंकले ६ वटा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
बैंकले तेह्रथुम जिल्लाकाे फेदाप गाउँपालिका, धनुषा जिल्लाकाे नगराइन नगरपालिका फुलगामा, दैलेख जिल्लाकाे दुल्लु नगरपालिका तथा भैरवी गाउँपालिकामा, बाग्लुङ जिल्लाकाे बाडिगड गाउँपालिका सिमालचौरमा, र पाँचथर जिल्लाकाे याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या दुई सय ३८ पुगेको ग्लोबल आइएमई बैंकले जनाएको छ ।
बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिका–२, ओयाकजुङमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा चन्द्र कला ढकाल, धनुषा जिल्ला नगराइन नगरपालिका–४ फुलगामा राज कुमार शाह, दैलेख जिल्ला दुल्लु नगरपालिका–७ दुल्लु बजारमा दामोदर उपाध्यायलाई प्रतिनिधिको रुपमा नियुक्त गरेको छ ।
यस्तै दैलेख जिल्ला भैरबी गाउँपालिका–५, दादिमाडी बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा बखतबहादुर शाही, बाग्लुङ्ग जिल्ला बाडिगड गाउँपालिका–२ सिमालचौरमा होमनाथ खराल र पाँचथर जिल्ला याङवरक गाउँपालिका–१ गणेश चोकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामिण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीस होम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको दुई सय ६४ शाखा सञ्जाल सहित दुई सय ३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ । यस्तै बैंकले दुई सय ३८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।