जीमेल र युट्युबकाे सेवा फेरि सुरु भयाे

 मंसिर २९, २०७७ सोमबार २०:२३:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जीमेल, युट्यूब, गुगल डक्ससहित गुगलकाे सेवा साेमबार केही समयकाे लागि बन्द भएकाे थियाे । प्रयाेगकर्ताले न त आफ्नाे इमेल खाेल्न पाएका थिए र न युट्युबमा कुनै भिडियाे हेर्न पाएका थिए । 

सोमबार साँझदेखि गुगलकाे यी सेवा बन्द भएकाे थियाे । झण्डै आधा घण्टापछि गुगलकाे यी सेवा फेरि सुरु भएकाे छ । 

याे समस्या नेपालमा मात्र नभइ विश्वभरि नै देखिएकाे थियाे । विश्वभरका प्रयाेगकर्ताले अवराेधकाे सामना गर्नुपरेकाे थियाे । 

यद्यपि यी समस्याकाे बारेमा आधिकारिक रूपमा पुष्टि भएकाे छैन । 

युट्युब नचलेकाे भन्दै सूचना दिनेमध्ये ५४ प्रतिशतले वेबसाइटकाे प्रयाेग गर्न नसकेकाे, ४२ प्रतिशतले भिडियाे देख्न नसकेकाे र तीन प्रतिशतले लग इनमा समस्या देखिएकाे बताएका थिए ।  

त्यस्तै जीमेलमा समस्या देखिएकाे भन्दै सूचना दिनेमध्ये ७५ प्रतिशतले लग इन गर्न नसकेकाे, १५ प्रतिशतले बेवसाइटसम्म पुग्न नसकेकाे र आठ प्रतिशतले सन्देश प्राप्त नभएकाे गुनासाे गरेका थिए ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया