नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीनको वुहान जाने भएको छ । कोरोना भाइरस सङक्रमणको सुरुवातबारे जान्नका लागि डब्लूएचओको टोली चीनको वुहान जान लागेको हो ।
आउने महिना १० जना वैज्ञानिकको टोली वुहान जाने बीबीसीले जनाएको छ । वुहानमा कोरोना भाइरस उत्पत्तिबारे अध्ययनका लागि संगठन र चीन बीच महिनौँदेखि कुराकानी हुँदै आएको थियो । कोरोना भाइरस सङक्रमणको सुरुवात वुहान शहरबाट भएको मानिन्छ । तर कोरोना भाइरसको सुरुवातलाई लिएर अमेरिका र चीनबीच विवाद भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले महामारी फैलिएकोबारे जानकारी नदिने कोशिश गरेको आरोप लगाउनुभएको थियो । दोषी खोज्नका लागि नभई कोरोना भाइरस सङक्रमणको सुरुवातमा के भएको थियो ? कसरी-कसरी फैलिएको थियो भन्ने पत्ता लगाएर भविष्यमा खतरा कम गर्न कोशिश गर्ने वैज्ञानिकको टोलीले बताएकाे खबर उल्लेख छ । डब्लूएचओको टोली चारदेखि पाँच हप्तासम्म वुहानमा रहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।