यो वर्ष वाणिज्य बैंकको लाभांशमा गिरावट : लाभांश खुम्चिएपछि सेयर खरिदकर्ता निराश

 पुष ४, २०७७ शनिबार १४:५०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यो वर्ष वाणिज्य बैंकको लाभांशमा गिरावट आएको छ । कोभिड–१९ को असरले गएकाे वर्षको तुलनामा वाणिज्य बैंकको लाभांश खुम्चिएको हो ।

आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गर्ने २० वटा बैंकको लाभांश गएकाे वर्षभन्दा कम भएको हो । वाणिज्य बैंकहरूले प्रदान गर्ने लाभांश गएकाे वर्षभन्दा निकै कम भएपछि सेयर खरिदकर्तालाई निराश बनाएको छ । अहिलेसम्म घोषित लाभांशमध्ये एनआईसी एसिया र हिमालयन बैंककाे सबैभन्दा बढी अर्थात् २० प्रतिशत लाभांश छ ।

गएकाे वर्ष एनआईसी एसिया बैंकले २१ दशमलव ५ प्रतिशत र हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिएका थिए । नबिल, एनएमबी, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट, नेपाल क्रेडिट एन्ड कमर्स एनसीसी र सिभिल बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।

कृषि विकास बैंकले गएकाे वर्ष ६ प्रतिशत बोनस र २४ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिएको थियो । यो वर्ष भने १५ दशमलव ७९ प्रतिशतमै खुम्चिएको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २० वटा बैंकले गएकाे वर्षभन्दा कम लाभांश दिने घोषणा गरेका छन् ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया