क्यान इन्फोटेकमा विभिन्न कम्पनीबाट विशेष छुट र अफर
माघ २७, २०८१ आइतबार
काठमाण्डाै – कोभिड १९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरु एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण लकडाउन घोषणा पछि पेशा, व्यवसाय धरासायी भएको र राज्यले सेवामूलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या समाधान गर्न उदासिन भएको भन्दै ७ दिनको अल्टिमेटम दिएर आन्दोलनको घोषणा गरेका हुन् ।
सार्वजनिक यातायात व्यवसायी, पर्यटनसँग सम्बद्ध संगठनहरु, निजी विद्यालय, पार्टी प्यालेस तथा क्याटरिङ, निर्माण सामाग्री व्यापर संघ, आयुर्वेद, सुनचाँदी, फर्निचर, काष्ठकला लगायतका व्यवसायसँग सम्बन्धित २२ संघसंस्थाले संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका हुन् । कोभिडका कारण धरासायी बन्न पुगेका पेशा, व्यवसायको संरक्षणमा सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने, बन्द रहेका पेशा व्यवसायको सम्पूर्ण कर र जरिवाना मिनाहा गर्नुपर्ने, ऋणको व्याज, घरभाडा छुट गर्न राज्यले व्यवस्था गर्नुपर्ने लगायतका माग सरकारसँग राखिएको संर्घष समितिका संयोजक कर्णबहादुर शाहीले बताउनुभयो ।
माग पुरा गराउन सम्बन्धित निकायमा ७ दिनको म्याद दिएको उल्लेख गर्दै संघर्ष समितिले माग पुरा नभए निजी क्षेत्रबाट सरकारलाई तिर्ने करको अवज्ञा गर्ने, सडक प्रदर्शन गर्ने तथा राष्ट्र बैंक, वित्तिय संस्था एवम् सिंहदरबार घेराउ गर्ने संघर्षको कार्यक्रम घोषणा गरेको छ । कोभिड १९ संक्रमणका कारण गत चैत्र महिनाको लकडाउन पछि धेरै पेशा, व्यवसाय पूर्ण रुपमा आजसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
yuv raj Baniya
Dec. 19, 2020, 9:45 p.m.Yes i m with you sir coz government is focusing on just tax sir coz @ashad n shrawn 2077 the unlock down and @ashoj too now on push mashanta is coming so they. ...