प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्ने

 पुस ६, २०७७ सोमबार १३:३५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।

आइतबार प्रतिनिधि सभा विघटन गर्नुभएका ओलीले अहिले भइरहेको चौतर्फी आलोचनालाई मध्यनजर गर्दै सम्बोधन गर्न लागेको बुझिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

प्रतिनिधि सभा विघटन भइ ताजा जनादेशका लागि नयाँ चुनावकाे मिति आइतबार तय भएपछि यस विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आजै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य र निवर्तमान सांसद्सँग बालुवाटारमा परामर्श गर्नुभएको थियो ।

संसद् विघटनपछि नेकपासहित अन्य पार्टीहरूले विराेध गइरहेका छन्, देशैभरि प्रदर्शन भइरहेकाे छ ।   

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया