‘पोखरा गोल्डकप’को दोश्रो क्वाटरफाइनलमा आज थ्री स्टार र मछिन्द्र ...
माघ २७, २०८१ आइतबार
काठमाण्डाै - एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्ष्यमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ । यो योजनाले ग्राहकलाई ५० र १०० रुपैयाँको प्रत्येक रिचार्जमा पाउँदै आएकोभन्दा बढी मेन ब्यालेन्स पाइने एनसेलले जनाएकाे छ।
यो योजनाअन्तर्गत ५० रुपैयाँ रिचार्ज गर्दा कम्तीमा अहिले पाइने ४९.०२ रुपैयाँभन्दा बढी अर्थात ५१ रुपैयाँ मेन ब्यालेन्स प्राप्त गर्न सकिन्छ । त्यसैगरी १०० रुपैयाँको रिचार्जमा अब कम्तीमा ९८.०४ भन्दा बढी १०२ रुपैयाँ मेन ब्यालेन्स पाउँछन् । यो योजना आइतबार (पुष ५) बाट लागू भएको छ र १५ दिनका लागि संचालनमा रहने एनसेलले जनाएकाे छ ।
योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई प्रत्येक रिचार्जमा विद्यमानभन्दा बढी मेन ब्यालेन्स प्रदान गरिने छ । ५० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम १०० रुपैयाँसम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी १०० रुपैयाँ रिचार्ज गर्नेले २०० रुपैयाँसम्म मेन ब्यालेन्स पाउनेछन् ।
क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याइएकाे कम्पनीले जनाएको छ । रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीईफटी) तथा अनलाइन जुन कुनै पनि माध्यमबाट गरिएको ५० र १०० रुपैयाँको प्रत्येक रिचार्जमा थप मेन ब्यालेन्सको लाभ लिन सकिने छ । यो योजना पुस १९ गते सम्म लागू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।